सञ्चारमाध्यमका समाचार कक्षमै प्रहरी प्रवेश गरेको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
गैंडहवा न्युज |शुक्रबार सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकमा खटिएका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि नियन्त्रणको प्रयास गरिएको घटनालाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारिताको व्यावसायिक सुरक्षासँग…

