लुम्बिनीमा अवैध माटो उत्खनन गर्दै गरेका ५ ट्र्याक्टर नियन्त्रणमा

गैंडहवा न्युजलुम्बिनी ,जेठ १गते /रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ अमवा क्षेत्रमा अवैध रूपमा माटो उत्खनन् तथा ओसारपसारमा संलग्न पाँच वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनी तथा प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार उक्त क्षेत्रमा निगरानी गर्ने क्रममा अवैध रूपमा माटो उत्खनन् तथा ढुवानी भइरहेको अवस्थामा ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो…

Read More

उद्योगीमाथिको पक्राउप्रति सिद्धार्थ उद्योग वाणिज्य संघको आपत्ति

गैंडहवा न्युजलुम्बिनी ,जेठ १गते /सिद्धार्थ उद्योग वाणिज्य संघले उद्योगी–व्यवसायी, निर्माण व्यवसायी तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिमाथि पछिल्ला दिनमा गरिएको पक्राउ तथा धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष नेत्र प्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा आर्थिक विषय तथा वित्तीय कारोबार सम्बन्धी अनुसन्धानका क्रममा निजी क्षेत्र र बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिलाई प्रारम्भिक अनुसन्धानकै चरणमा फौजदारी अभियुक्तसरह…

Read More

रुपन्देही प्रहरीले ८ लाखभन्दा बढीका अवैध सामान बरमत

गैंडहवा न्युज लुम्बिनी ,जेठ १गते /जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ८ लाख ३९ हजार ७०८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । प्रहरीले बिहिबार जिल्लाका विभिन्न क्षेत्रमा चेकजाँच गर्ने क्रममा कस्मेटिक सामग्री, औषधि, किराना सामान, फोटो प्रिन्ट पेपर, गाडीका पार्टपुर्जा, बिजुलीका सामान तथा फलफूल बरामद गरेको जनाएको छ…

Read More

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

काठमाण्डौ,बैशाख ३०गते/ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार ७ देखि ९ गतेसम्म चितवनमा हुने भएको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । आजै रास्वपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाण्डौमा रहेको…

Read More

तस्करी र लागूऔषधमा संलग्नलाई छुट छैन : आइजीपी दान बहादुर कार्की

गैंडहवा न्युज लुम्बिनी , वैशाख ३०गते /नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिनु भएको छ । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान…

Read More

डीडीसीका कर्मचारीको सित्तैको दूध–घिउ सुविधा रोक्न कृषिमन्त्रीको कडा निर्देशन

काठमाण्डौ,बैशाख ३० कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ । उहाँले डीडीसीका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासा आएका भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो । मन्त्री चौधरीको निर्देशनअनुसार कार्यान्वयन…

Read More

लुम्बिनीमै पहिलो बन्यो नवलपरासी : पूर्ण खोप सुनिश्चितता घोषणा

लुम्बिनी , वैशाख ३०गते नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ । जिल्लाभरका सातवटै स्थानीय तहले पूर्ण खोपसम्बन्धी सबै मापदण्ड पूरा गरेपछि सोमबार एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । खेमबहादुर सारु ले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गर्दै लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये…

Read More

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

तस्वीर : राससकाठमाण्डाै,बैशाख २९गते /अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक तथा समयसापेक्ष नरहेका कानून खारेजी प्रक्रियामा लगेको जानकारी दिनुभयो । उहाँकाअनुसार निजी क्षेत्र तथा व्यावसायिक समुदायले…

Read More

नापी र मालपोत सेवा पालिकासम्म विस्तार हुने

बैशाख २८गते /सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी पालिकासम्म विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिका तहमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । उहाँले आधुनिक प्रविधिबाट भूमिको नाप नक्शा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइने उल्लेख…

Read More

सीमा नाकामा अनुहार पहिचान प्रणालीको व्यवस्था हुने

बैशाख २८गते /सरकारले सीमा नाकाहरुमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सीमा नाकाहरुमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने कुरा उल्लेख गरिएको हो । त्यसैगरी प्रणाली एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार प्रणाली पनि स्थापना गरिने उहाँले…

Read More