रुपन्देहीमा गोली चल्यो,हतियार र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ प्रहरीको गोली लागेर एक जना घाइते, घटनामा संलग्न आशंकामा दुई नेपाली नियन्त्रणमा
गैंडहवा न्युजलुम्बिनी , असार २६गते /रुपन्देहीको मायादेवी गाउँपालिका–५ गुरुवनियामा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। घटनामा घाइते भारतीय नागरिकसहित थप दुई नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको उत्तर प्रदेशबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल प्रवेश गरेका अकबाल खानलाई पक्राउ गर्ने क्रममा घटना…

