नक्कली पहिचान बनाएर जग्गा बिक्री प्रकरण : वडाध्यक्षदेखि मालपोतका कर्मचारीसम्म मुछिए, १९ जनाविरुद्ध अदालतमा मुद्दा
गैंडहवा न्युज , काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका एक व्यक्तिको नाममा रहेको जग्गा नक्कली नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रयोग गरी बिक्री गरेको प्रकरणमा १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। घटनामा जनप्रतिनिधि, मालपोत कार्यालयका कर्मचारी, प्रशासनका कर्मचारी तथा बिचौलियाहरूको संलग्नता रहेको अनुसन्धानबाट खुलेको बताइएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि मुद्दा…

