राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

तस्वीर : राससकाठमाण्डाै,बैशाख २९गते /अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक तथा समयसापेक्ष नरहेका कानून खारेजी प्रक्रियामा लगेको जानकारी दिनुभयो । उहाँकाअनुसार निजी क्षेत्र तथा व्यावसायिक समुदायले…

Read More

रुपन्देही प्रहरीले ३ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

गैंडहवा न्युजलुम्बिनी वैशाख २९गते /जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु. ३ लाख ८१ हजार ५९२ बराबरका सामान बरामद गरेको छ। बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले सीमावर्ती क्षेत्र तथा विभिन्न नाकामा निगरानी…

Read More

नापी र मालपोत सेवा पालिकासम्म विस्तार हुने

बैशाख २८गते /सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी पालिकासम्म विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिका तहमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । उहाँले आधुनिक प्रविधिबाट भूमिको नाप नक्शा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइने उल्लेख…

Read More

एसइईको नतिजा सार्बजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं,बैशाख २८ राष्ट्रिय परीक्षा बोर्डले २०८२ को एसइईको नतिजा सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सोमबार राति नतिजा प्रकाशन गरेको हो । यस बर्षको एसइईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।कार्यालयले एसइई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । जसअनुसार नेपाल टेलिकमको…

Read More

सीमा नाकामा अनुहार पहिचान प्रणालीको व्यवस्था हुने

बैशाख २८गते /सरकारले सीमा नाकाहरुमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सीमा नाकाहरुमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने कुरा उल्लेख गरिएको हो । त्यसैगरी प्रणाली एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार प्रणाली पनि स्थापना गरिने उहाँले…

Read More

राममणि क्याम्पसमा प्राध्यापकद्वारा लघु अनुसन्धान प्रस्तुतिकरण

गैंडहवा न्युजलुम्बिनी ,वैशाख २८रूपन्देहीको राममणि बहुमुखी क्याम्पस मा प्राध्यापकहरूका लागि सञ्चालित लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा आयोजित कार्यक्रममा ४ जना प्राध्यापकहरूले आफूले सम्पन्न गरेका अनुसन्धान कार्यको प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरण गर्नेहरूमा उपप्राध्यापक तारा प्रसाद पराजुली, माया घिमिरे, कृष्णकुमार रेग्मी तथा मुक्तिनाथ गैह्रे रहनुभएको थियो । क्याम्पसको अनुसन्धान…

Read More

गर्मी बढेसँगै चौपाया र चराचुरुङ्गीका लागि भैरहवामा पानी खाने भाँडो राखियो

गैंडहवा न्युजबैशाख २८ गते /सेफ फ्युचर नेपाल (SFN) ले विभिन्न सहयोगदाताहरूबाट संकलित सहयोग रकममार्फत सिद्धार्थनगर नगरपालिका क्षेत्रका विभिन्न चोकहरूमा चौपाया जनावर तथा चराचुरुङ्गीहरूका लागि पानी खाने भाँडो राखेको छ । बढ्दो गर्मीलाई मध्यनजर गर्दै कुकुर, गाई लगायतका सडकमा रहेका जनावर तथा चराचुरुङ्गीहरूलाई पानीको अभाव हुन नदिन अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ । SFN का…

Read More

लुम्बिनीको पर्सा चौकमा संयुक्त चेकजाँच, मादक पदार्थ तथा लागूऔषध विरुद्ध अभियान चलिरहेको

दीपक जैसवाल लुम्बिनीबैशाख २६गते रुपन्देहीको इलाका प्रहरी कार्यालय लुम्बिनी, अस्थायी ट्राफिक प्रहरी पोष्ट लुम्बिनी तथा लागू औषध नियन्त्रण ब्युरो शाखा भैरहवा को संयुक्त आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ स्थित पर्सा चौकमा विशेष संयुक्त चेकजाँच अभियान सञ्चालन गरिएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा लागूऔषध दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको…

Read More

१,०८२ मतसहित राजेशकुमार अग्रवाल महासंघको केन्द्रीय सदस्यमा विजयी हुदै

भैरहवा,बैशाख २३ रुपन्देहीका बरिष्ठ उद्योगी राजेशकुमार अग्रवाल नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनु भएको छ । महासंघको मंगलबार राति सार्वजनिक मतपरिणाम अनुसार अग्रवालले १ हजार ८२ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । ३० वर्षदेखि औद्योगिक एवं व्यवसायिक क्षेत्रमा क्रियाशील अग्रवाल एसअघि सिद्धार्थ उद्योग बाणिज्य संघमा पनि विभिन्न तहमा…

Read More

होर्मुज जलमार्गमा इरानको सुरक्षा निगरानी कडा गर्दै

काठमाण्डौ, बैशाख २० इरानले होर्मुज जलमार्गमा सुरक्षा निगरानी कडा बनाएको छ । इरानको सेनाका प्रवक्ता मोहम्मद अक्रमिनियाले देशको सुरक्षा बलले होर्मुजमा सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार महत्त्वपूर्ण समुद्री मार्गबाट जहाजको आवागमन इरानी निकायको समन्वय र स्वीकृतिमा आधारित रहनेछ । अक्रमिनियाले होर्मुज क्षेत्रको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको र…

Read More