नापी कार्यालय भैरहवामा बिचौलिया कार्यमा संलग्न २ जना प्रहरीको नियन्त्रणमा

दिपक जैसवाल /लुम्बिनी,चैत २०गते /रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित नापी कार्यालय भैरहवामा सेवाग्राहीको काम छिटो गराइदिने भन्दै अतिरिक्त शुल्क असुल्दै बिचौलिया गतिविधि गरिरहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन । उनीहरूले…

Read More

रुपन्देहीको जिल्ला प्रहरी कर्यालयले २४ लाखभन्दा बढीको अवैध सामान बरामद गर्दै

सुमन जैसवाल /लुम्बिनी , चैत २०गते /जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएको करिब २४ लाख २४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीका अनुसार ओमसतिया–४ बसन्तपुरबाट सबैभन्दा बढी २२ लाख २४ हजार ५ सय रुपैयाँ बराबरको एलईडी स्ट्रिट लाइट ६५ पिस…

Read More

सडक अतिक्रमणविरुद्ध फकिरको कडा एक्सन , वडा नं. २ मा अभियान तीव्र

दिनेश प्रसाद लोध, लुम्बिनीलुम्बिनी साँस्कृतिक नगरपालिकाले सडक पेटी र सार्वजनिक जग्गामा रहेका अस्थायी संरचना, निर्माण सामग्री, र पार्किङ हटाउन वडा नम्बर 2 का वडा अध्यक्ष इनामुल्लाह फकिरले (एक्सन) कारबाही सुरु गरेको छ। नगरका सडकहरू सहज र सफा बनाउन , सडक मिचेर बनाइएका साना पसल र टहराहरू हटाउन लुम्बिनि साँस्कृतिक नरपालिकाले निर्देशन दिएको छ ।नगरपालिकाले यस्ता…

Read More

प्रधानमन्त्रीको निर्देशनपछि बल्ल चले लुम्बिनीका विद्युतीय बस, वर्षौंको बेवास्ता रहेको

दीपक जैसवाल लुम्बिनीबुद्ध जन्मस्थल लुम्बिनीमा साढे पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरू अन्ततः सञ्चालनमा आएका छन । लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठका अनुसार बुधबारदेखि एउटा बस औपचारिक रूपमा सञ्चालन गरिएको हो । उहाका अनुसार भारतीय सीमा नाकाबाट लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै पहिलो चरणमा एउटा बस चलाइएको छ भने अर्को बस…

Read More

लुम्बिनीमा रुमिन्देई माई चैते पूर्णिमा मेला १८ गते देखि २२ गते सन्चालन भएको छ ।

दिनेश प्रसाद लोध ,लुम्बिनीमा आयोजना हुन लागेको रुमिन्देई माई चैते पूर्णिमा मेला–२०८२सम्बन्धी जानकारी दिन आयोजक समितिले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमार्फत मेलाको उद्देश्य, कार्यक्रम तालिका, सहभागीता तथा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराइएको हो ।रुमिन्देई माई चैते पूर्णिमा मेला लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा चिनिन्छ। चैते पूर्णिमाको अवसरमा श्रद्धालुहरू मन्दिरमा…

Read More

राजनीतिक र कानुनी लडाइँ लड्ने पूर्व गृहमन्त्री लेखकको भनाइ

पूर्व गृहमन्त्री रमेश लेखकले राजनीतिक प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरिएको बताउनुभएको छ । उहाँले यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने प्रतिक्रिया दिनुभयो । आज बिहान भक्तपुरको कटुन्जेमा रहेको निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले राजनीतिक र कानुनी लडाइँ लड्न तयार रहेको बताउनुभयो । तर गृहमन्त्री सुधन गुरुङले भने कानुनभन्दा माथि कोही नभएको र कसैमाथि…

Read More

लुम्बिनीको मुजहना–केवटलिया सडक खुलाउन कडाइ: मिचिएका संरचना हटाइँदै

लुम्बिनी,सुमन जैसवाललुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ मा सडक फराकिलो बनाउने अभियान अन्तर्गत सडक मिचेर निर्माण गरिएका घरटहरा हटाउने काम सुरु गरिएको छ ।वडा अध्यक्ष ईनामुल्लाह फकीरको प्रत्यक्ष नेतृत्वमा मुजहना चोकदेखि केवटलिया जाने सडक खण्डमा रहेका अवरोधहरू हटाइएको हो। लामो समयदेखि सडक सीमा (राइट अफ वे) भित्र बनेका भौतिक संरचनाका कारण सडक विस्तार तथा स्तरोन्नतिको…

Read More

लुम्बिनी साँस्कृतिक नगरपालिकामा आधुनिक फोहोरमैला व्यवस्थापन सेवाको समुद्घाटन गर्दै

दिनेश प्रसाद लोध, लुम्बिनी /लुम्बिनी साँस्कृतिक नगरपालिकामा आधुनिक फोहोरमैला व्यवस्थापन सेवाको विधिवत् समुद्घाटन गरिएको छ।नगर क्षेत्रलाई स्वच्छ, हरित र व्यवस्थित बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यो कार्यक्रमले स्थानीय स्तरमा सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।समुद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशका मुख्य मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रदेश सभा सदस्य, नगर प्रमुख,…

Read More

लुम्बिनी बौद्ध विश्वविद्यालयको विज्ञापन रोक्न स्थानीयको मागआन्दोलनको चेतावनी

सुमन जैसवाल ,लुम्बिनी क्षेत्रका स्थानीयवासीहरूले लुम्बिनी बौद्ध विश्वविद्यालयले हालै प्रकाशित गरेको विज्ञापन प्रक्रिया स्थगित गर्न माग गरेका छन । २०८२ पुस २५ गते प्रकाशित विज्ञापनले सीमित व्यक्तिहरूलाई लाभ पुर्‍याउने आशंका व्यक्त गर्दै उनीहरूले तत्काल प्रक्रिया रोक्न ध्यानाकर्षण गराएका हुन । स्थानीयवासीहरूले विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै विगतदेखि नै पदाधिकारीहरूको स्वार्थअनुसार नियुक्ति प्रक्रिया सञ्चालन हुँदै आएको आरोप…

Read More

रमजानको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

लुम्बिनी । मुस्लिम समुदायको पवित्रपर्व रमजान महिनाको अवसर पारेर रुपन्देहीका विभिन्न स्थानका २ सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । तौहिद मानव परोपकार सेवा संघ, कोटहीमाई–५ को आयोजनामा तथा वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी यूकेको सहयोगमा बिहीबार कोटहीमाई–५ बेनीनगरमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । आयोजक संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारका अनुसार रमजान महिनालाई…

Read More