चोरीमा संलग्न दुई जना पक्राउ

गैंडहवा न्युजनवलपरासी, जेठ १५गते /सुनवल नगरपालिका–१ शान्तीटोलस्थित एक घरमा चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार मानिस नभएको मौका छोपी अपरिचित व्यक्तिहरुले साढे दुई तले घरको मूल ढोकाको च्यानल गेटको ताला फुटाई घरभित्र प्रवेश गरेका थिए । उनीहरुले कोठाभित्र रहेको बाकस तथा दराज फोडी सुनचाँदीका गरगहना तथा अन्य…

Read More

२१ प्रतिशतले बढ्याे कर्मचारीकाे तलब

गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते/सरकारले कर्मचारीकाे तलब २१ प्रतिशतले बढेकाे घाेषणा गरेकाे छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै शुरू तलब स्केलमा १० प्रतिशत, प्राेत्साहन भत्ता १० प्रतिशत र महँगी भत्तालाई निरन्तरता दिने घाेषणा गर्नुभएकाे हाे । अर्थमन्त्री वाग्लेका अनुसार बजेट भाषणमार्फत न्यूनतम तलब ४० हजारदेखि अधिकतम तलब १ लाख रुपैयाँभन्दा धेरै कायम…

Read More

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट

गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते /सरकारले आउँदाे आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।सङ्घीय संसद्काे संयुक्त सदनमा आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले याे जानकारी दिनुभएकाे हाे ।बजेट चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड र पूँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ…

Read More

सरकारले मोतीपुर र मयुरधाप औद्योगिक क्षेत्र निजी क्षेत्रमार्फत सञ्चालन गर्ने

गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते /सरकारले मोतीपुर र मयुरधापलगायत औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिइने बताउनुभयो । उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहेको उल्लेख गर्दै उहाँले…

Read More

देशभरबाट १४ जना उत्कृष्ट किसान जनही २ लाख रुपैयाँसहित पुरस्कृत गर्दै

गैंडहवा न्युजकाठमाण्डाै,जेठ १५गते /सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही २ लाख रुपैयाँ पुरस्कारसहित उत्कृष्ट १४ जना किसानलाई सम्मान गर्नुभएको हो । सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनोट गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ…

Read More

मन्त्रिपरिषदबाट बजेट स्वीकृत गर्दै

गैंडहवा न्युजजेठ १५गते /सरकारले आउँदाे आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसदमा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले दिउँसाे ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा…

Read More

सूर्यदेव मा.वि सिद्धार्थनगर–१० मा “मेरो विद्यालय मेरो दायित्व” कार्यक्रम सम्पन्नविद्यालय विकासका लागि विभिन्न पक्षबाट आर्थिक तथा शैक्षिक सहयोग घोषणा

गैंडहवा न्युजसुमन जैसवाल लुम्बिनी , जेठ १३गते /श्री सूर्यदेव माध्यमिक विद्यालय, सिद्धार्थनगर–१० दोगहरी, रुपन्देहीले “मेरो विद्यालय मेरो दायित्व” कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार कोइरीको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा मंगलबार एक कार्यक्रमका बिच “मेरो विद्यालय मेरो दायित्व” कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि…

Read More

भैरहवामा माननीय कप क्रिकेट प्रतियोगिता २०८२/८३ सुरु, १७ टोलीबीच प्रतिस्पर्धा गर्दै

गैंडहवा न्युज लुम्बिनी , जेठ ११गते /“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा माननीय कप क्रिकेट प्रतियोगिता २०८२÷८३ आजदेखि भैरहवामा सुरु भएको छ । जिल्लामा क्रिकेट खेलको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा रुपन्देही…

Read More

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

गैंडहवा न्युजबुटवल, जेठ ११गते /चिदिका–रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालय र ईश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । समाजले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले स्कुल व्याग, कापी, कलम लगायतका सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा समाजकी अध्यक्ष गीता ज्ञवालीले ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षातर्फ थप प्रेरित गर्न सामाजिक…

Read More

यौनिक तथा लै्गिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्न तानसेनमा नगरस्तरीय परामर्श

गैंडहवा न्युजपाल्पा,जेठ १०गते “समावेशी समाज निर्माणमा सबैको सहभागिता” भन्ने मूल नारासहित साहसी कदम नेपालले यौनिक तथा लै्गिक अल्पसंख्यक समुदायको अधिकार, सम्मान र सामाजिक समावेशिताका विषयमा तानसेनस्थित होटल पौवामा नगरस्तरीय परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।तानसेन नगरपालिकाका प्रमुख शन्तोषलाल श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह,…

Read More