हिउँदे अधिवेशनबाट भाषा विधेयक पारित गर्ने सभामुख घर्तीमगरको प्रतिबद्धता

गैंडहवा न्युज१२ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले आगामी हिउँदे अधिवेशनबाट सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।नेपाल सरकार भाषा आयोग र आदिवासी जनजाति मञ्च नेपालको आयोजनामा बिहीबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश सरकारको कामकाजी भाषा सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले आगामी मंसिरबाट सुरु हुने हिउँदे अधिवेशनमा विधेयक…

Read More

शुद्धोदन–५ मा महिलाका लागि सातदिने सेल्फ मेकअप तालिम सुरु

गैंडहवा न्युज | रुपन्देहीरुपन्देहीको शुद्धोदन गाउँपालिका–५ को आयोजनामा महिलाहरूको आर्थिक सशक्तीकरण तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले सातदिने ‘सेल्फ मेकअप’ तालिम बिहीबारदेखि सुरु भएको छ।शुद्धोदन गाउँपालिका–५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा गाउँपालिका–४ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता केशवप्रसाद अधिकारीको विशिष्ट आतिथ्यता रहेको…

Read More

रूपन्देहीको कोटहीमाईमा धान खेतमा महिलाको शव फेला

गैंडहवा न्युज | लुम्बिनीरूपन्देहीको कोटहीमाई गाउँपालिका–७ मा एक महिलाको शव फेला परेको छ।प्रहरीका अनुसार कोटहीमाई गाउँपालिका–४ र वडा नं. ७ को बीचमा पर्ने कटफोरवा नालाको छेउमा रहेको धान खेतमा महिलाको शव फेला परेको हो।स्थानीयवासीका अनुसार मृतक महिला कोटहीमाई गाउँपालिका–५, सानो मझगावाकी हुन्।महिलाको शव फेला परेपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाको कारण र अन्य विवरणबारे…

Read More

ककरहवा नाकामा भारतीय सुरक्षाकर्मीको कडाइले आवागमन प्रभावित, पर्यटन व्यवसायी असन्तुष्ट

लुम्बिनी ।रुपन्देहीको लुम्बिनीसँग जोडिएको ककरहवा सीमा नाकामा भारतीय सुरक्षाकर्मीले चेकजाँचका नाममा अनावश्यक दुःख दिने गरेको भन्दै स्थानीय व्यवसायी, पर्यटन व्यवसायी तथा यात्रुहरूले गुनासो गरेका छन्। सीमा क्षेत्रमा बढाइएको कडाइले नेपाली नागरिकको आवागमन तथा सीमावर्ती बजारको व्यापारसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।नेपाल–भारत सीमा नाकाअन्तर्गत सुनौली, वीरगञ्ज तथा नेपालगञ्ज क्षेत्रमा नागरिकता वा परिचयपत्रका आधारमा आवागमन तुलनात्मक रूपमा…

Read More

पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ महाअभियानका संयोजक खान रिहा

गैंडहवा न्युजलुम्बिनी, कार्तिक ११ गते/पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले नियन्त्रणमा लिएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानलाई केही समयपछि रिहा गरेको छ। खानले आफूलाई राति नियन्त्रणमा लिइएको र प्रहरी अधिकारीहरूसँगको छलफलपछि रिहा गरिएको बताएका छन्।खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे पर्सा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूसँग पाहुना…

Read More

आनी छोइङको नियुक्तिमाथि वरिष्ठ अधिवक्ता त्रिपाठीको प्रश्न : ‘जेलमा बस्नुपर्ने व्यक्तिलाई पुरस्कृत गरियो

गैंडहवा न्युज | ७ कात्तिक, गैंडहवा/लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर विरोध सुरु भएको छ। बुटवलको पर्साचोकमा आयोजित विरोधसभामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले डोल्माको नागरिकता र हङकङबाट आएको भनिएको १६ लाख अमेरिकी डलरबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।स्थानीय बासिन्दासमेत रहेका त्रिपाठीले नागरिकता र आर्थिक कारोबारसँग सम्बन्धित विवादको निष्पक्ष अनुसन्धान नगरी डोल्मालाई…

Read More

मर्चवारको विकासमा सडक, स्वास्थ्य र शिक्षा प्राथमिकतामा: मन्त्री लम्साल

गैंडहवा न्युज | लुम्बिनी, कार्तिक ३रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभएको छ।सांसदहरू कन्हैया बनियाँ, सुलभ खरेल र तौफिक अहमद खानसहित मर्चवार पुग्नुभएका मन्त्री लम्सालले मर्चावारी माई मन्दिरको दर्शनपछि स्थानीय पूर्वाधारको स्थलगत अनुगमन गर्नुभएको हो।अनुगमनका क्रममा मन्त्री लम्सालले…

Read More

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग, आन्दोलनको चेतावनी

गैंडहवा न्युजकार्तिक १ गते /लुम्बिनीवित्तीय पारदर्शिता र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै लुम्बिनी बचाउ महाअभियानले स्थानीय योग्य व्यक्तिलाई नेतृत्व दिन सरकारसँग माग गरेको छ। माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी। लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति तत्काल बदर गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसँग माग गरेको छ।अभियानले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नवनियुक्त…

Read More

जनताको घरदैलोमा पुगेर शुभकामना आदानप्रदान गर्दै कार्यवाहक मेयर कल्पना हरिजन

गैंडहवा न्युजलुम्बिनी, । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजन तथा युवा नेता एवं समाजसेवी जनताको घरदैलोमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदानमा जुटेका छन्।लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मसिनामा स्थानीयवासीसँग आत्मीय भेटघाट गर्दै आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले शुभकामना आदानप्रदान गरिएको हो।कार्यक्रमले जनप्रतिनिधि र स्थानीयवासीबीचको सम्बन्धलाई थप प्रगाढ…

Read More

जनताको घरदैलोमा शुभकामना आदानप्रदान

रुपन्देहीको गैंडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालज्यू र युवा नेता तथा समाजसेवी सन्दीप गुप्ताज्यू जनताको घरदैलोमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै।जनतासँगको आत्मीय भेटघाट, आपसी सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यसहित गैंडहवा गाउँपालिका–२, धुपहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।

Read More