ककरहवा नाकामा भारतीय सुरक्षाकर्मीको कडाइले आवागमन प्रभावित, पर्यटन व्यवसायी असन्तुष्ट
लुम्बिनी ।रुपन्देहीको लुम्बिनीसँग जोडिएको ककरहवा सीमा नाकामा भारतीय सुरक्षाकर्मीले चेकजाँचका नाममा अनावश्यक दुःख दिने गरेको भन्दै स्थानीय व्यवसायी, पर्यटन व्यवसायी तथा यात्रुहरूले गुनासो गरेका छन्। सीमा क्षेत्रमा बढाइएको कडाइले नेपाली नागरिकको आवागमन तथा सीमावर्ती बजारको व्यापारसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।नेपाल–भारत सीमा नाकाअन्तर्गत सुनौली, वीरगञ्ज तथा नेपालगञ्ज क्षेत्रमा नागरिकता वा परिचयपत्रका आधारमा आवागमन तुलनात्मक रूपमा…

