तौलिहवा बजारमा संयुक्त अनुगमन, फुटपाथ र सडक अतिक्रमण हटाउन व्यवसायीलाई चेतावनी
गैंडहवा न्युज।कपिलवस्तु नगरपालिका, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय तौलिहवाको संयुक्त अनुगमन टोलीले तौलिहवा बजार क्षेत्रमा अनुगमन गरेको छ।टोलीले तौलिहवास्थित हुलाकी चोकदेखि गौढी चोकसम्मका व्यवसायीहरूले फुटपाथ तथा सडकमा विभिन्न सामान राखेर बिक्री वितरण गर्दै आएको पाइएपछि चेतावनीसहित ती सामग्री हटाउन लगाएको हो।सडक तथा पैदल यात्रुका लागि छुट्याइएको फुटपाथमा सामान राख्दा आवागमनमा अवरोध पुग्नुका…

