चाडपर्वमा यात्रुको सुरक्षामा प्रहरीको विशेष निगरानी
गैंडहवा न्युजकपिलवस्तु, नजिकिँदै गरेका दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कपिलवस्तु प्रहरीले यात्रुको सुरक्षा र सहज यात्राका लागि विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।यात्रुलाई सुरक्षित, सहज तथा व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन जिल्लाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी, सहजीकरण तथा समस्या परेको अवस्थामा…

