तौलिहवा बजारमा संयुक्त अनुगमन, फुटपाथ र सडक अतिक्रमण हटाउन व्यवसायीलाई चेतावनी

गैंडहवा न्युज।कपिलवस्तु नगरपालिका, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय तौलिहवाको संयुक्त अनुगमन टोलीले तौलिहवा बजार क्षेत्रमा अनुगमन गरेको छ।टोलीले तौलिहवास्थित हुलाकी चोकदेखि गौढी चोकसम्मका व्यवसायीहरूले फुटपाथ तथा सडकमा विभिन्न सामान राखेर बिक्री वितरण गर्दै आएको पाइएपछि चेतावनीसहित ती सामग्री हटाउन लगाएको हो।सडक तथा पैदल यात्रुका लागि छुट्याइएको फुटपाथमा सामान राख्दा आवागमनमा अवरोध पुग्नुका…

Read More

सञ्चारमाध्यमका समाचार कक्षमै प्रहरी प्रवेश गरेको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

गैंडहवा न्युज |शुक्रबार सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकमा खटिएका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि नियन्त्रणको प्रयास गरिएको घटनालाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारिताको व्यावसायिक सुरक्षासँग…

Read More

पत्रकार पोषकान्त पोखरेलको सवारी दुर्घटनामा मृत्यु

गैंडहवा न्युज परासीस्थित झरही पुलमा आज भएको सवारी दुर्घटनामा परी रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको जानकारी प्राप्त भएको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान पत्रकार पोखरेलका रूपमा खुलेको हो। यस दुःखद घटनाले पत्रकारिता क्षेत्रमा शोक छाएको छ। स्वर्गीय पोखरेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

Read More

हिउँदे अधिवेशनबाट भाषा विधेयक पारित गर्ने सभामुख घर्तीमगरको प्रतिबद्धता

गैंडहवा न्युज१२ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले आगामी हिउँदे अधिवेशनबाट सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।नेपाल सरकार भाषा आयोग र आदिवासी जनजाति मञ्च नेपालको आयोजनामा बिहीबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश सरकारको कामकाजी भाषा सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले आगामी मंसिरबाट सुरु हुने हिउँदे अधिवेशनमा विधेयक…

Read More

सुझाव पेटिकामा मृत छिप्कली भेटियो!

गैंडहवा न्युज | रुपन्देहीगैंडहवा गाउँपालिका वडा नं. ९ को कार्यालयमा राखिएको सुझाव पेटिकाभित्र मृत अवस्थामा छिप्कली भेटिएको छ।नागरिकका गुनासा, समस्या तथा सुझाव संकलन गर्ने उद्देश्यले राखिएको सुझाव पेटिकाको मुख्य द्वारमै मृत छिप्कली देखिनुले उक्त पेटिकाको नियमित अनुगमन तथा सरसफाइ भइरहेको छ कि छैन भन्ने प्रश्न खडा गरेको छ।जनताका गुनासा र सुझाव सुन्ने माध्यमका रूपमा राखिएको…

Read More

शुद्धोदन–५ मा महिलाका लागि सातदिने सेल्फ मेकअप तालिम सुरु

गैंडहवा न्युज | रुपन्देहीरुपन्देहीको शुद्धोदन गाउँपालिका–५ को आयोजनामा महिलाहरूको आर्थिक सशक्तीकरण तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले सातदिने ‘सेल्फ मेकअप’ तालिम बिहीबारदेखि सुरु भएको छ।शुद्धोदन गाउँपालिका–५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा गाउँपालिका–४ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता केशवप्रसाद अधिकारीको विशिष्ट आतिथ्यता रहेको…

Read More

रूपन्देहीको कोटहीमाईमा धान खेतमा महिलाको शव फेला

गैंडहवा न्युज | लुम्बिनीरूपन्देहीको कोटहीमाई गाउँपालिका–७ मा एक महिलाको शव फेला परेको छ।प्रहरीका अनुसार कोटहीमाई गाउँपालिका–४ र वडा नं. ७ को बीचमा पर्ने कटफोरवा नालाको छेउमा रहेको धान खेतमा महिलाको शव फेला परेको हो।स्थानीयवासीका अनुसार मृतक महिला कोटहीमाई गाउँपालिका–५, सानो मझगावाकी हुन्।महिलाको शव फेला परेपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाको कारण र अन्य विवरणबारे…

Read More

वर्षौँदेखिको प्रतीक्षा अन्त्य हुँदै, लुम्बिनीका दुई सडकको सर्भे सुरु

गैंडहवा न्युजलुम्बिनी। वर्षौँदेखि प्रतीक्षामा रहेका लुम्बिनी क्षेत्रका महिलवार सडक तथा मोगलहा–मसिना सडक निर्माणको प्रक्रिया अघि बढेको छ। सडक निर्माणका लागि सम्झौता सम्पन्न भएसँगै आजदेखि सर्भे कार्य सुरु भएको हो।लामो समयदेखि सडक निर्माणको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि यो खबरले आशा जगाएको छ। सर्भे कार्य सम्पन्न भएपछि छठ पर्वलगत्तै सडक निर्माणको काम अघि बढ्ने जनाइएको छ।यी…

Read More

ककरहवा नाकामा भारतीय सुरक्षाकर्मीको कडाइले आवागमन प्रभावित, पर्यटन व्यवसायी असन्तुष्ट

लुम्बिनी ।रुपन्देहीको लुम्बिनीसँग जोडिएको ककरहवा सीमा नाकामा भारतीय सुरक्षाकर्मीले चेकजाँचका नाममा अनावश्यक दुःख दिने गरेको भन्दै स्थानीय व्यवसायी, पर्यटन व्यवसायी तथा यात्रुहरूले गुनासो गरेका छन्। सीमा क्षेत्रमा बढाइएको कडाइले नेपाली नागरिकको आवागमन तथा सीमावर्ती बजारको व्यापारसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।नेपाल–भारत सीमा नाकाअन्तर्गत सुनौली, वीरगञ्ज तथा नेपालगञ्ज क्षेत्रमा नागरिकता वा परिचयपत्रका आधारमा आवागमन तुलनात्मक रूपमा…

Read More

पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ महाअभियानका संयोजक खान रिहा

गैंडहवा न्युजलुम्बिनी, कार्तिक ११ गते/पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले नियन्त्रणमा लिएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानलाई केही समयपछि रिहा गरेको छ। खानले आफूलाई राति नियन्त्रणमा लिइएको र प्रहरी अधिकारीहरूसँगको छलफलपछि रिहा गरिएको बताएका छन्।खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे पर्सा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूसँग पाहुना…

Read More