लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

गैंडहवा न्युज , लुम्बिनीलुम्बिनी सांस्कृतिक नगरपालिका–५ स्थित तेनुहवा स्वास्थ्य चौकीले बिरामीको स्वास्थ्यमाथि लापरवाही गर्दै म्याद गुज्रिएको औषधि वितरण गरेको फेला परेको छ । उपचारका लागि पुगेका बिरामीलाई सन् २०२५ मे मै म्याद सकिएको जुकाको औषधि दिइएको पाइएको हो ।सेवाग्राही वडा नं. ११ महदेवाका ३० वर्षीय फैजुल्लाह फकिरका अनुसार उनलाई दिइएको औषधिको म्याद जाँच गर्दा करिब…

Read More

नेपाल सरकारका सबै मन्त्रालयद्वारा १०/१० सुधार कार्ययोजना पेश

गैंडहवा न्युज काठमाण्डौ, चैत २४ गते सरकारका सबै मन्त्रालय र मातहतका निकायले ७ दिनभित्र आफ्ना १०/१० वटा प्रमुख सुधारका कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् । यी कार्ययोजना अन्तर्गत झण्डै ३०० भन्दा बढी सुधारका क्रियाकलाप समयसीमासहित समावेश गरिएको छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार तयार गरिएका यी…

Read More

गोली प्रहारपछि रुपन्देहीको प्रहरीले लागुऔषधसहित तीन कारोबारी पक्राउ

दीपक जैसवाल /लुम्बिनी ,चैत २४गते रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागुऔषधसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका बिशाल यादव, भारतको महाराजगंज, पर्सामलिक ग्राम बिसुनपुरवाका १८ वर्षिय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको…

Read More

बुटवलमा ‘साइलेंट स्ट्रिट्स’ अपरेशन: २५ मोटरसाइकल टर्फिक प्रहरीको नियन्त्रणमा

दीपक जैसवाल /लुम्बिनी ,चैत २३गते मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, स्टन्ट गर्ने तथा स्पार्किङ जस्ता गतिविधि गर्दै ध्वनि प्रदूषण फैलाउने २५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले “अपरेशन साइलेंट स्ट्रिट्स” सञ्चालन गरी बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित कालिकापथ क्षेत्रबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो ।…

Read More

निजी मिडियामाथि प्रहार भन्दै सरकारी निर्णयको चर्को विरोध

दीपक जैसवाल /लुम्बिनी , सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी विज्ञापन तथा सूचनासरकारी सञ्चार माध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय गरेको भन्दै सञ्चार क्षेत्रले विरोध जनाएका छन् । निजी क्षेत्रका सञ्चारमाध्यम, नेपाल पत्रकार महासंघ, नेपाल विज्ञापन एजेन्सी संघ (आन), मिडिया सोसाइटी लगायतले विज्ञप्ति निकालेर सरकारी निर्णयको विरोध गरेका हुन् । प्रधानमन्त्री…

Read More

सडक अतिक्रमणविरुद्ध फकिरको कडा एक्सन , वडा नं. २ मा अभियान तीव्र

दिनेश प्रसाद लोध, लुम्बिनीलुम्बिनी साँस्कृतिक नगरपालिकाले सडक पेटी र सार्वजनिक जग्गामा रहेका अस्थायी संरचना, निर्माण सामग्री, र पार्किङ हटाउन वडा नम्बर 2 का वडा अध्यक्ष इनामुल्लाह फकिरले (एक्सन) कारबाही सुरु गरेको छ। नगरका सडकहरू सहज र सफा बनाउन , सडक मिचेर बनाइएका साना पसल र टहराहरू हटाउन लुम्बिनि साँस्कृतिक नरपालिकाले निर्देशन दिएको छ ।नगरपालिकाले यस्ता…

Read More

प्रधानमन्त्रीको निर्देशनपछि बल्ल चले लुम्बिनीका विद्युतीय बस, वर्षौंको बेवास्ता रहेको

दीपक जैसवाल लुम्बिनीबुद्ध जन्मस्थल लुम्बिनीमा साढे पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरू अन्ततः सञ्चालनमा आएका छन । लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठका अनुसार बुधबारदेखि एउटा बस औपचारिक रूपमा सञ्चालन गरिएको हो । उहाका अनुसार भारतीय सीमा नाकाबाट लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै पहिलो चरणमा एउटा बस चलाइएको छ भने अर्को बस…

Read More

लुम्बिनीमा रुमिन्देई माई चैते पूर्णिमा मेला १८ गते देखि २२ गते सन्चालन भएको छ ।

दिनेश प्रसाद लोध ,लुम्बिनीमा आयोजना हुन लागेको रुमिन्देई माई चैते पूर्णिमा मेला–२०८२सम्बन्धी जानकारी दिन आयोजक समितिले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमार्फत मेलाको उद्देश्य, कार्यक्रम तालिका, सहभागीता तथा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराइएको हो ।रुमिन्देई माई चैते पूर्णिमा मेला लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा चिनिन्छ। चैते पूर्णिमाको अवसरमा श्रद्धालुहरू मन्दिरमा…

Read More

लुम्बिनीमा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न।

दिनेश प्रसाद लोध ,रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक दिने बालश्रम न्यूनीकरण तथा उन्मूलनलाई लक्ष्य राख्दै बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। श्रम तथा रोजगारसँग सम्बन्धित सरोकारवाला निकाय, स्थानीय तहका १ देखि १३ वडा का अध्यक्ष र होटल व्यवसायिक प्रतिनिधि, तथा सरोकारवाला व्यक्तिहरूको सहभागितामा श्रम तथा रोजगार तथा…

Read More

लुम्बिनी साँस्कृतिक नगरपालिकामा आधुनिक फोहोरमैला व्यवस्थापन सेवाको समुद्घाटन गर्दै

दिनेश प्रसाद लोध, लुम्बिनी /लुम्बिनी साँस्कृतिक नगरपालिकामा आधुनिक फोहोरमैला व्यवस्थापन सेवाको विधिवत् समुद्घाटन गरिएको छ।नगर क्षेत्रलाई स्वच्छ, हरित र व्यवस्थित बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यो कार्यक्रमले स्थानीय स्तरमा सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।समुद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशका मुख्य मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रदेश सभा सदस्य, नगर प्रमुख,…

Read More