शिक्षामन्त्रीज्यू, लुम्बिनीबासीको भविष्यमाथि सीमितताको पर्खाल नलगाउनुहोस ?

गैंडहवा न्युजलुम्बिनी, असोज २२ गते।लुम्बिनी बौद्ध दर्शनको पवित्र उद्गमस्थल मात्र होइन, समग्र लुम्बिनीबासीको साझा पहिचान, इतिहास र उज्ज्वल भविष्यसँग जोडिएको महत्वपूर्ण धरोहर पनि हो।लुम्बिनी बौद्ध विश्वविद्यालयलाई एउटै विषयमा सीमित गर्दै अन्य व्यावहारिक तथा आधुनिक शैक्षिक कार्यक्रम हटाउने प्रयासप्रति लुम्बिनीबासीमा असन्तुष्टि बढेको छ। यस्तो कदम स्थानीय युवाको शैक्षिक आवश्यकता, चाहना र क्षेत्रको समग्र विकासको भावनाविपरीत हुने…

Read More

श्री नवदुर्गा माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दिलबहादुर यादव चयन

गैंडहवा न्युजगैंडहवा, असोज २१ गते। रुपन्देहीको गैडहवा गाउँपालिका–५, ठकुरपुरस्थित श्री नवदुर्गा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा दिलबहादुर यादव सर्वसम्मत रूपमा चयन हुनुभएको छ।विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाअन्तर्गत अभिभावकहरूको भेलाबाट चार जना सदस्य छनोट भएपछि २०८३ असोज २१ गते बसेको बैठकले सदस्य तुलबहादुर विकको अध्यक्षतामा यादवलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गर्ने…

Read More

चाडपर्वमा यात्रुको सुरक्षामा प्रहरीको विशेष निगरानी

गैंडहवा न्युजकपिलवस्तु, नजिकिँदै गरेका दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कपिलवस्तु प्रहरीले यात्रुको सुरक्षा र सहज यात्राका लागि विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।यात्रुलाई सुरक्षित, सहज तथा व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन जिल्लाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी, सहजीकरण तथा समस्या परेको अवस्थामा…

Read More

रुपन्देहीमा ३ लाख ४३ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीका सामान बरामद

गैंडहवा न्युजलुम्बिनी, असोज २० गते । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी–पैठारी गरिएका ३ लाख ४३ हजार ९३४ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, सानो ओडवलियाबाट २ लाख २८ हजार ४…

Read More

गैंडहवा–३ मा स्यालको आक्रमणबाट दुई जना गम्भीर घाइते

गैंडहवा न्युजगैंडहवा, रुपन्देहीको गैंडहवा गाउँपालिका–३, अहिरन्डिहवामा स्यालको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्।स्थानीयका अनुसार अहिरन्डिहवा निवासी ३५ वर्षीया सतिक खतुन मुसलमान र ६० वर्षीय तुलसीराम यादवलाई फरक–फरक समयमा करिब बेलुका ७ः४० बजेतिर स्यालले आक्रमण गरी गम्भीर घाइते बनाएको हो।घाइते दुवै जनालाई उपचारका लागि भैरहवा मेडिकल अस्पताल लगिएको पोहवा प्रहरी चौकीका इन्चार्जले जानकारी दिएका छन्।घटनापछि…

Read More

५ हजार ७३७ परिवारले पाए लालपुर्जा, १३ लाखभन्दा बढी निवेदन प्रक्रियामा

गैंडहवा न्युजकाठमाडौं, असोज २० गते। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै हालसम्म देशभरका ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको जनाएको छ।प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको विवरणअनुसार सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि १ हजार दिनभित्र भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्ने लक्ष्यसहित अभियान अघि बढाएको…

Read More

लुम्बिनी विकास कोष ५ महिनादेखि पदाधिकारीविहीन१२ पद रिक्त, ७२७ आवेदन परे पनि नियुक्ति अनिश्चित, सदस्यसचिवमा मात्रै २०९ आकांक्षी

रामविकास चौधरी / गैंडहवा न्युजलुम्बिनी, असोज २० गते। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, प्रवद्र्धन र विकासको जिम्मेवारी पाएको लुम्बिनी विकास कोष पाँच महिनादेखि पदाधिकारीविहीन छ। सरकारले कोषका १२ पदाधिकारीका लागि खुला आवेदन आह्वान गरी ७२७ जनाको आवेदन संकलन गरिसकेको भए पनि नियुक्ति प्रक्रिया अझै टुंगिएको छैन।पदाधिकारी रिक्त हुँदा कोषको नियमित प्रशासनिक कामसँगै नीतिगत निर्णय, दीर्घकालीन…

Read More

गैंडहवा गाउँपालिका–७ को वडा कार्यालयको सहयोगमा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया सेवा

गैंडहवा न्युजरुपन्देहीको गैंडहवा गाउँपालिका–७ को वडा कार्यालयमा निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा सञ्चालन गरिएको छ। रण अम्बिका आँखा अस्पताल तथा गैंडहवा आँखा उपचार केन्द्रको सहयोगमा २०८२ असोज २० गते सञ्चालित आँखा शिविरमा २२० जनाको आँखा परीक्षण गरिएको छ।शिविरमा परीक्षण गरिएका मध्ये ३५ जना मोतिबिन्दु भएका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको छ। छनोट भएका…

Read More

शिवपुरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्नगैंडहवा न्युज

गैंडहवा न्युजकपिलवस्तु । शिवराज नगरपालिका–१, शिवपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।समुदाय र प्रहरीबीचको सहकार्य तथा आपसी समन्वयलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा शान्ति–सुरक्षा, अपराध नियन्त्रण, बालबालिकाको सुरक्षा तथा प्रहरी–समुदायबीचको सम्बन्धलगायतका विषयमा छलफल गरिएको थियो।कार्यक्रममा सहभागीहरूलाई बालबालिकालाई सम्भावित अपराध तथा जोखिमबाट जोगाउने उपाय, सुरक्षित समाज निर्माणमा प्रहरी र समुदायको भूमिका…

Read More

सशस्त्रका एआईजी वंशी राज दाहाल किन निलम्बनमा परे

गैंडहवा न्युजकाठमाडौँ, असोज २० गते । सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ। सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावट गरेको आरोपमा उनलाई निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।गत साता पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरेलगत्तै दाहाल टेकुस्थित नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। त्यसपछि राणा पक्राउ परेको…

Read More