गैडहवामा १४औँ शनिवारीय लोकभजन तथा सत्सङ्ग कार्यक्रम सम्पन्न
गैंडहवा न्युजरुपन्देहीको गैंडहवा गाउँपालिकामा राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, गैंडहवा गाउँ कमिटीको आयोजनामा १४औँ शनिवारीय लोकभजन तथा सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ।गैंडहवा गाउँपालिका–वडा न ५ स्थित गिदहिया रामजानकी मन्दिरमा आयोजित कार्यक्रममा राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान गैंडहवा गाउँ कमिटीका अध्यक्ष बालकृष्ण धीमिरेको अध्यक्षता रहेको थियो।कार्यक्रममा प्रतिष्ठानका सदस्य शोभाखर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै,…

