मर्चवारको विकासमा सडक, स्वास्थ्य र शिक्षा प्राथमिकतामा: मन्त्री लम्साल

गैंडहवा न्युज | लुम्बिनी, कार्तिक ३रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभएको छ।सांसदहरू कन्हैया बनियाँ, सुलभ खरेल र तौफिक अहमद खानसहित मर्चवार पुग्नुभएका मन्त्री लम्सालले मर्चावारी माई मन्दिरको दर्शनपछि स्थानीय पूर्वाधारको स्थलगत अनुगमन गर्नुभएको हो।अनुगमनका क्रममा मन्त्री लम्सालले…

Read More

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग, आन्दोलनको चेतावनी

गैंडहवा न्युजकार्तिक १ गते /लुम्बिनीवित्तीय पारदर्शिता र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै लुम्बिनी बचाउ महाअभियानले स्थानीय योग्य व्यक्तिलाई नेतृत्व दिन सरकारसँग माग गरेको छ। माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी। लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति तत्काल बदर गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसँग माग गरेको छ।अभियानले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नवनियुक्त…

Read More

जनताको घरदैलोमा पुगेर शुभकामना आदानप्रदान गर्दै कार्यवाहक मेयर कल्पना हरिजन

गैंडहवा न्युजलुम्बिनी, । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजन तथा युवा नेता एवं समाजसेवी जनताको घरदैलोमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदानमा जुटेका छन्।लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मसिनामा स्थानीयवासीसँग आत्मीय भेटघाट गर्दै आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले शुभकामना आदानप्रदान गरिएको हो।कार्यक्रमले जनप्रतिनिधि र स्थानीयवासीबीचको सम्बन्धलाई थप प्रगाढ…

Read More

जनताको घरदैलोमा शुभकामना आदानप्रदान

रुपन्देहीको गैंडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालज्यू र युवा नेता तथा समाजसेवी सन्दीप गुप्ताज्यू जनताको घरदैलोमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै।जनतासँगको आत्मीय भेटघाट, आपसी सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यसहित गैंडहवा गाउँपालिका–२, धुपहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।

Read More

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा,…

Read More

रुपन्देहीको कक्रहवा सीमामा सुरक्षाको धज्जी

गैडहवा न्यूजलुम्बिनी। रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ स्थित सीमावर्ती कक्रहवा नाकामा सीमा सुरक्षा, भन्सार प्रशासन र स्थानीय सुरक्षा निकायको चरम लापरवाही तथा बेथिति उजागर भएको छ। भारतबाट नेपाल भित्रिने यात्रुवाहक सवारी साधनहरूलाई मुख्य माध्यम बनाएर व्यापारी तथा तस्करहरूले चिनी, किराना सामग्री र भारतीय चिसो पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) अवैध रूपमा भित्र्याइरहेको पाइएको…

Read More

गैडहवा–६ सूर्यपुरामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

गैंडहवा न्युजगैडहवा, रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–६, सूर्यपुरास्थित इलाका प्रहरी कार्यालय सूर्यपुराको परिसरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।२०८३ असोज २७ गते इलाका प्रहरी कार्यालय सूर्यपुराको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रमुख प्रहरी निरीक्षक…

Read More

पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान नेपाली कांग्रेस छाडेर रास्वपामा प्रवेश

गैंडहवा न्युजरुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५(ख) का पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।खान रास्वपामा प्रवेश गरेसँगै पार्टीका नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गर्दै सफल राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।राजनीतिमा परिवर्तन, सुशासन, पारदर्शिता र जनताको सेवाप्रतिको प्रतिबद्धतासहित अघि बढ्ने विश्वास व्यक्त गर्दै…

Read More

दसैँको खुसीसँगै १६ भूमिहीन दलित मुसहर परिवारको हातमा लालपुर्जा पुग्दा अपार खुसी लागेको छ : अध्यक्ष पौडेल

गैंडहवा न्युजगैंडहवा । बडादसैँको सुखद अवसरमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेपछि गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले खुसी व्यक्त गरेका छन्।वर्षौँदेखि आफ्नै जग्गाको स्वामित्व प्राप्त गर्ने सपना बोकेर बसेका परिवारको हातमा लालपुर्जा पुग्नु केवल कागज प्राप्त गर्नु मात्र नभई उनीहरूको जीवनमा आशा, आत्मसम्मान,…

Read More

लुम्बिनीमा भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद

गैंडहवा न्युजलुम्बिनी, असोज । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७, बनरहवाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका मोबाइलका पार्ट्स बरामद गरेको छ।मिति २०८३ असोज २९ गते साँझ ५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले बनरहवास्थित धनी नखुलेको टिनको टहरामा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न कम्पनीका मोबाइलका पार्ट्स बरामद गरेको हो।प्रहरीका अनुसार बरामद गरिएका सामानमा आइफोन, रियलमी, रेडमी,…

Read More