रुपन्देहीमा ३ लाख ४३ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीका सामान बरामद
गैंडहवा न्युजलुम्बिनी, असोज २० गते । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी–पैठारी गरिएका ३ लाख ४३ हजार ९३४ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, सानो ओडवलियाबाट २ लाख २८ हजार ४…

