शुद्धोदन–५ मा महिलाका लागि सातदिने सेल्फ मेकअप तालिम सुरु
गैंडहवा न्युज | रुपन्देहीरुपन्देहीको शुद्धोदन गाउँपालिका–५ को आयोजनामा महिलाहरूको आर्थिक सशक्तीकरण तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले सातदिने ‘सेल्फ मेकअप’ तालिम बिहीबारदेखि सुरु भएको छ।शुद्धोदन गाउँपालिका–५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा गाउँपालिका–४ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता केशवप्रसाद अधिकारीको विशिष्ट आतिथ्यता रहेको…

