रुपन्देही प्रहरीले ३ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
गैंडहवा न्युजलुम्बिनी वैशाख २९गते /जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु. ३ लाख ८१ हजार ५९२ बराबरका सामान बरामद गरेको छ। बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले सीमावर्ती क्षेत्र तथा विभिन्न नाकामा निगरानी…

