लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध पर्यटनमन्त्रीको पुत्ला दहन
गैंडहवा न्युज | लुम्बिनीलुम्बिनी विकास कोषका पदाधिकारी नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै आएको लुम्बिनी बचाउ महाअभियानले सोमबार लुम्बिनीस्थित पर्सा चोकमा पर्यटनमन्त्रीको पुत्ला दहन गरेको छ।महाअभियानमा आबद्ध व्यक्तिहरूले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिप्रति असन्तुष्टि जनाउँदै तत्काल नियुक्ति सच्याउन माग गरेका छन्। उनीहरूले लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै पदाधिकारी नियुक्तिमा स्थानीय जनभावना र सरोकारलाई सम्बोधन…

