राममणि क्याम्पसमा प्राध्यापकद्वारा लघु अनुसन्धान प्रस्तुतिकरण

गैंडहवा न्युजलुम्बिनी ,वैशाख २८रूपन्देहीको राममणि बहुमुखी क्याम्पस मा प्राध्यापकहरूका लागि सञ्चालित लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा आयोजित कार्यक्रममा ४ जना प्राध्यापकहरूले आफूले सम्पन्न गरेका अनुसन्धान कार्यको प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरण गर्नेहरूमा उपप्राध्यापक तारा प्रसाद पराजुली, माया घिमिरे, कृष्णकुमार रेग्मी तथा मुक्तिनाथ गैह्रे रहनुभएको थियो । क्याम्पसको अनुसन्धान…

Read More

लुम्बिनीको पर्सा चौकमा संयुक्त चेकजाँच, मादक पदार्थ तथा लागूऔषध विरुद्ध अभियान चलिरहेको

दीपक जैसवाल लुम्बिनीबैशाख २६गते रुपन्देहीको इलाका प्रहरी कार्यालय लुम्बिनी, अस्थायी ट्राफिक प्रहरी पोष्ट लुम्बिनी तथा लागू औषध नियन्त्रण ब्युरो शाखा भैरहवा को संयुक्त आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ स्थित पर्सा चौकमा विशेष संयुक्त चेकजाँच अभियान सञ्चालन गरिएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा लागूऔषध दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको…

Read More

होर्मुज जलमार्गमा इरानको सुरक्षा निगरानी कडा गर्दै

काठमाण्डौ, बैशाख २० इरानले होर्मुज जलमार्गमा सुरक्षा निगरानी कडा बनाएको छ । इरानको सेनाका प्रवक्ता मोहम्मद अक्रमिनियाले देशको सुरक्षा बलले होर्मुजमा सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार महत्त्वपूर्ण समुद्री मार्गबाट जहाजको आवागमन इरानी निकायको समन्वय र स्वीकृतिमा आधारित रहनेछ । अक्रमिनियाले होर्मुज क्षेत्रको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको र…

Read More

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेलमिलापकर्तालाई साइकिल वितरण

लुम्बिनी, वैशाख १६ लुम्बिनी सांस्कृतिक नगरपालिकाले स्थानीय तहमा न्यायिक सेवा थप प्रभावकारी बनाउने उद्देश्यले मेलमिलापकर्ताहरूलाई साइकिल वितरण गरेको छ । आज बुधबार एक कार्यक्रममा नगरपालिकाका २४ जना मेलमिलापकर्तालाई २४ थान साइकिल हस्तान्तरण गरिएको हो। कार्यक्रममा साइकिल हस्तान्तरण गर्दै कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले मेलमिलापकर्ताहरू स्थानीय स्तरमा हुने सानातिना विवाद समाधानका प्रमुख आधार भएकाले उनीहरूको पहुँच र…

Read More

अधिकतम खुद्रा मूल्य (एमआरपी) को विषयले जाँचपास प्रभावित हुदै

काठमाण्डौ,बैशाख १७ अधिकतम खुद्रा मूल्य (एमआरपी) को विषयले जाँचपास प्रभावित भएको छ । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत देशका विभिन्न ठाउँका भन्सार कार्यालयबाट राजश्व सङ्कलन प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयले आयातित एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन्…

Read More

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक

काठमाण्डौ/सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित २४ जना पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सिफारिशका आधारमा अध्यागमन विभागले उनीहरूलाई विदेश भ्रमणमा रोक लगाएको हो । विभागले उनीहरूलाई कालोसूचीमा राखेको छ । यसअघि राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बमा राखेको थियो । राखेपले एन्फाको आर्थिक विषयमा…

Read More

रुपन्देहीमा छोराद्वारा बाबुको हत्या, अभियुक्त पक्राउ पर्दै

लुम्बिनी /वैशाख १३ गते आफ्नै बाबुको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ बेलडाँडा निवासी २४ वर्षीय सुनिल थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वैशाख ११ गते दिउँसो करिब २ बजेको समयमा सुनिलले आफ्नै बाबु ५८ वर्षीय जंगबहादुर थारुलाई घरको आँगनमै हातले घाँटी…

Read More

रुपन्देही प्रहरीले २२ लाखभन्दा बढीका अवैध सामान बरामद, तस्करी नियन्त्रणमा चुनौती

लुम्बिनी , वैशाख ५ रुपन्देही प्रहरीले सीमावर्ती क्षेत्रहरूमा सक्रियता बढाउँदै २२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा २२ लाख १० हजार ९ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मायादेवी गाउँपालिका–६ सानो दुर्गौलियाबाट मात्रै १३ लाख…

Read More

निर्माण उद्योगमा ‘आपतकाल’घोषणा गर्न लुम्बिनी निर्माण व्यवसायी संघको माग गर्दै

लुम्बिनी , वैशाख २गते इन्धनजन्य तथा निर्माण सामग्रीमा भइरहेको तीव्र मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष प्रितम रौनियारले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै मध्यपूर्वमा जारी युद्धका कारण डिजेल,…

Read More

मायादेवीमा विश्व हिन्दु परिषद् गाउँपालिका स्तरीय समिति गठन, अध्यक्षमा अरुण कुमार यादव

लुम्बिनी ,चैत २९ रुपन्देहीको मायादेवी गाउँपालिकामा विश्व हिन्दु परिषद् नेपालको गाउँपालिका समिति गठन गरिएको छ । शनिबार मायादेवी–६ बेथरीस्थित कोटहीमाई मन्दिर धर्मशालामा आयोजित कार्यक्रममा अरुण कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । नवगठित समितिको सचिवमा दया शंकर कुर्मी, गौरक्षा प्रमुखमा सुनिल केवट, सत्संग प्रमुखमा प्रदीप प्रजापति, सेवा प्रमुखमा राजकुमार हरिजन, युवा…

Read More