नेपालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्व शान्तिका महानायक भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल, शान्तिभूमि तथा विश्व शान्तिको मुहान लुम्बिनी ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले विश्वकै महत्वपूर्ण गन्तव्य हो।
गैंडहवा न्युज, लुम्बिनीलुम्बिनी प्रदेश रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई आउनुभएका नेपाल सरकारका उपसचिव आदरणीय मोहन अर्यालज्यूलाई हार्दिक स्वागत, बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछु।लुम्बिनी सांस्कृतिक नगरपालिकामा उहाँको कार्यकाल सुखद, सफल, उपलब्धिमूलक एवं स्मरणीय रहोस् भन्ने हार्दिक कामना गर्दछु।लुम्बिनी केवल एउटा नगरपालिका वा पर्यटकीय गन्तव्य मात्र नभई विश्व शान्ति,…

