श्री नवदुर्गा माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दिलबहादुर यादव चयन

गैंडहवा न्युजगैंडहवा, असोज २१ गते। रुपन्देहीको गैडहवा गाउँपालिका–५, ठकुरपुरस्थित श्री नवदुर्गा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा दिलबहादुर यादव सर्वसम्मत रूपमा चयन हुनुभएको छ।विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाअन्तर्गत अभिभावकहरूको भेलाबाट चार जना सदस्य छनोट भएपछि २०८३ असोज २१ गते बसेको बैठकले सदस्य तुलबहादुर विकको अध्यक्षतामा यादवलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गर्ने…

Read More

रुपन्देहीमा ३ लाख ४३ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीका सामान बरामद

गैंडहवा न्युजलुम्बिनी, असोज २० गते । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी–पैठारी गरिएका ३ लाख ४३ हजार ९३४ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, सानो ओडवलियाबाट २ लाख २८ हजार ४…

Read More

५ हजार ७३७ परिवारले पाए लालपुर्जा, १३ लाखभन्दा बढी निवेदन प्रक्रियामा

गैंडहवा न्युजकाठमाडौं, असोज २० गते। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै हालसम्म देशभरका ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको जनाएको छ।प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको विवरणअनुसार सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि १ हजार दिनभित्र भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्ने लक्ष्यसहित अभियान अघि बढाएको…

Read More

लुम्बिनी विकास कोष ५ महिनादेखि पदाधिकारीविहीन१२ पद रिक्त, ७२७ आवेदन परे पनि नियुक्ति अनिश्चित, सदस्यसचिवमा मात्रै २०९ आकांक्षी

रामविकास चौधरी / गैंडहवा न्युजलुम्बिनी, असोज २० गते। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, प्रवद्र्धन र विकासको जिम्मेवारी पाएको लुम्बिनी विकास कोष पाँच महिनादेखि पदाधिकारीविहीन छ। सरकारले कोषका १२ पदाधिकारीका लागि खुला आवेदन आह्वान गरी ७२७ जनाको आवेदन संकलन गरिसकेको भए पनि नियुक्ति प्रक्रिया अझै टुंगिएको छैन।पदाधिकारी रिक्त हुँदा कोषको नियमित प्रशासनिक कामसँगै नीतिगत निर्णय, दीर्घकालीन…

Read More

शिवपुरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्नगैंडहवा न्युज

गैंडहवा न्युजकपिलवस्तु । शिवराज नगरपालिका–१, शिवपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।समुदाय र प्रहरीबीचको सहकार्य तथा आपसी समन्वयलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा शान्ति–सुरक्षा, अपराध नियन्त्रण, बालबालिकाको सुरक्षा तथा प्रहरी–समुदायबीचको सम्बन्धलगायतका विषयमा छलफल गरिएको थियो।कार्यक्रममा सहभागीहरूलाई बालबालिकालाई सम्भावित अपराध तथा जोखिमबाट जोगाउने उपाय, सुरक्षित समाज निर्माणमा प्रहरी र समुदायको भूमिका…

Read More

सशस्त्रका एआईजी वंशी राज दाहाल किन निलम्बनमा परे

गैंडहवा न्युजकाठमाडौँ, असोज २० गते । सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ। सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावट गरेको आरोपमा उनलाई निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।गत साता पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरेलगत्तै दाहाल टेकुस्थित नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। त्यसपछि राणा पक्राउ परेको…

Read More

नेपालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्व शान्तिका महानायक भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल, शान्तिभूमि तथा विश्व शान्तिको मुहान लुम्बिनी ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले विश्वकै महत्वपूर्ण गन्तव्य हो।

गैंडहवा न्युज, लुम्बिनीलुम्बिनी प्रदेश रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई आउनुभएका नेपाल सरकारका उपसचिव आदरणीय मोहन अर्यालज्यूलाई हार्दिक स्वागत, बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछु।लुम्बिनी सांस्कृतिक नगरपालिकामा उहाँको कार्यकाल सुखद, सफल, उपलब्धिमूलक एवं स्मरणीय रहोस् भन्ने हार्दिक कामना गर्दछु।लुम्बिनी केवल एउटा नगरपालिका वा पर्यटकीय गन्तव्य मात्र नभई विश्व शान्ति,…

Read More

सिद्धार्थनगरमा शारीरिक अपाङ्गता परीक्षण शिविर, ८८ बालबालिकाले पाए सेवा

गैंडहवा न्युजलुम्बिनी, असोज १९ गते ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सञ्चालन गरिएको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरबाट ८८ जना बालबालिका लाभान्वित भएका छन्। शारीरिक अपाङ्गता भएका बालबालिकाको समयमै पहिचान, उपचार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।सिद्धार्थनगर नगरपालिका र अपाङ्गता भएका बालबालिकाको अस्पताल तथा पुनर्स्थापना केन्द्रको आयोजनामा तथा भीम अस्पतालको समन्वयमा आइतबार शिविर सञ्चालन गरिएको…

Read More

भीम अस्पताल अगाडि नगर प्रहरीको कडाइ, साना व्यवसायीको रोजगारी संकटमा

गैंडहवा न्युजलुम्बिनी / सिद्धार्थनगर नगरपालिका–भैरहवास्थित भीम अस्पताल अगाडिको क्षेत्रमा नगर प्रहरीले गरेको कडाइका कारण दैनिक ज्यालादारी तथा साना व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका विपन्न नागरिक समस्यामा परेका छन्।परिवारको दैनिक खर्च धान्न सडकछेउमा सानो व्यापार तथा व्यवसाय गर्दै आएका नागरिकलाई हटाइएपछि उनीहरूको आम्दानीको स्रोत नै बन्द भएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार सानो व्यवसायबाट हुने आम्दानीले…

Read More

भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै

गैंडहवा न्युजलुम्बिनी, असोज १९ गते /रुपन्देहीको व्यवसायिक तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना हुने भएको छ । चेम्बर अफ कमर्स, रुपन्देहीले दशैं–तिहार तथा विश्व पर्यटन दिवसको अवसर पारेर यही असोज २४ र २५ गते महोत्सव आयोजना गर्न लागेको हो।महोत्सव भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार दुवै…

Read More