लुम्बिनी सांस्कृतिक–३ मा तीनमहिने सिलाइकटाइ तालिम सुरु ,२० जना महिला सहभागी, तालिमपछि सिलाइ मेसिन उपलब्ध गराउने वडाको प्रतिबद्धता
गैंडहवा न्युजलुम्बिनी, असोज २३ गते । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ मा महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले तीनमहिने सिलाइकटाइ तालिम सुरु भएको छ।ह्युमन एड फर रिलिफ एन्ड सपोर्टको आयोजना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ को सहयोगमा सञ्चालित उक्त तालिममा २० जना महिलाको सहभागिता रहेको छ। असोज २३ गतेदेखि सुरु भएको तालिम आगामी…

