खातुन हत्या प्रकरणमा प्रहरीको सफलता, चार जना पक्राउ
गैंडहवा न्युजलुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ की ४२ वर्षीया जुबेदा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। धानखेतमा मृत अवस्थामा फेला परेकी खातुनको घटनाबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएपछि घटनाले नयाँ मोड लिएको छ।गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–७ स्थित धानखेतमा खातुनको शव फेला परेको थियो। शव…
शिवराज–१ मा SARA मोडेलको अन्तिम चरण मूल्याङ्कन कार्यक्रम सम्पन्न
गैंडहवा न्युजकपिलवस्तु । नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण, योजना तथा विकास निर्देशनालय र वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुको आयोजनामा तथा UNOPS Nepal (SJP) को सहकार्यमा सञ्चालित SARA मोडेलअन्तर्गत अन्तिम चरणको मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ।शिवराज नगरपालिका–१, उमरीस्थित थारू संग्रहालय परिसरमा आयोजित कार्यक्रम वडा अध्यक्ष खिमविक्रम केसीको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण,…
रूपन्देहीमा महिलाको शंकास्पद मृत्यु: निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइयो
गैंडहवा न्युजमर्चवार, १६ कात्तिक। रूपन्देहीको कोटहीमाई गाउँपालिका–७ स्थित कटफोरवा नालानजिक धान खेतमा महिलाको शंकास्पद अवस्थामा शव फेला परेको घटनालाई लिएर निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको छ।जिल्ला प्रशासन कार्यालय रूपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सम्बोधन गरी सोमबार उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो।गत कात्तिक १२ गते बिहीबार कोटहीमाई…
वडा अध्यक्ष फकीरको पहलमा भुजहिया गाउँमा नाली निर्माण कार्य सुरु
गैंडहवा न्युज कार्तिक १६गते /रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ स्थित भुजहिया गाउँमा नाली निर्माण कार्य सुरु भएको छ। वडा नं. २ का वडा अध्यक्ष श्री ईनामुल्लाह फकीरको पहलमा नाली निर्माण कार्यको शुभारम्भ गरिएको हो।गाउँमा जलनिकासको समस्या समाधान गर्ने तथा स्थानीयवासीलाई सहज वातावरण प्रदान गर्ने उद्देश्यले नाली निर्माण कार्य अघि बढाइएको हो। नाली निर्माण…
अग्रगामी मोर्चाको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम सुरु
गैंडहवा न्युजलुम्बिनी प्रदेशमा अग्रगामी मोर्चा, लुम्बिनी प्रदेश समन्वय समितिद्वारा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।जनता समाजवादी पार्टी, नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ।त्यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सी.के. राउत, जनार्दन शर्मा तथा प्रभु…
जीविका बहुउद्देश्यीय सहकारीको १७औँ वार्षिक साधारणसभा सम्पन्न
नगेन्द्र के सि /गैंडहवा न्युजरुपन्देहीको शुद्धोदन गाउँपालिका–४, फर्साटिकरस्थित जीविका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। शुद्धोदन–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेसको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन समारोह संस्थाका अध्यक्ष रामप्रसाद गैरेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।साधारणसभाको उद्घाटन प्रमुख अतिथि बस्यालले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।कार्यक्रमलाई…
गैडहवामा १४औँ शनिवारीय लोकभजन तथा सत्सङ्ग कार्यक्रम सम्पन्न
गैंडहवा न्युजरुपन्देहीको गैंडहवा गाउँपालिकामा राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, गैंडहवा गाउँ कमिटीको आयोजनामा १४औँ शनिवारीय लोकभजन तथा सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ।गैंडहवा गाउँपालिका–वडा न ५ स्थित गिदहिया रामजानकी मन्दिरमा आयोजित कार्यक्रममा राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान गैंडहवा गाउँ कमिटीका अध्यक्ष बालकृष्ण धीमिरेको अध्यक्षता रहेको थियो।कार्यक्रममा प्रतिष्ठानका सदस्य शोभाखर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै,…
जापानमा रहेका व्यक्तिका नाममा बुटवलबाट लाइसेन्स, परीक्षा नै नदिई १३ जनालाई अनुमतिपत्र तत्कालीन कार्यालय प्रमुख र प्रहरी अधिकारीसहित सात भ्रष्टाचार मुद्दा
गैंडहवा न्युजबुटवल । जापानमा रहेका व्यक्तिका नाममा बुटवलबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको तथ्य खुलेको छ। यातायात व्यवस्था कार्यालय, रुपन्देहीमा भएको लाइसेन्स वितरणसम्बन्धी अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख र प्रहरी अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारको अनुसन्धानअनुसार २०७७ मंसिर २५ गते वैदेशिक रोजगारीका लागि जापान गएका…
बाणगंगाको कुतकुते सामुदायिक वनमा चार नाल भरुवा बन्दुक फेला
गैंडहवा न्युज | कपिलवस्तुकपिलवस्तुको बाणगंगा नगरपालिका–९, बर्लाबासस्थित कुतकुते सामुदायिक वनमा चार नाल भरुवा बन्दुक फेला परेका छन्।सामुदायिक वनभित्र रहेको धोद्रो काठको गोडियाभित्र लुकाएर राखिएको अवस्थामा ती बन्दुक फेला परेको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय पिप्राका प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त बन्दुक बरामद गरेको हो।बरामद गरिएका बन्दुक कसले र…
फर्साटिकर सामुदायिक सिकाइ केन्द्रको १२औँ साधारणसभा सम्पन्न
गैंडहवा न्युज | रुपन्देहीरुपन्देहीको शुद्धोदन गाउँपालिका–४, फर्साटिकरस्थित फर्साटिकर सामुदायिक सिकाइ केन्द्रको १२औँ साधारणसभा शुक्रबार रिद्धिसिद्धि पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष रामेश्वरी सिंहको अध्यक्षता तथा शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन प्रमुख अतिथि बस्यालले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्यालले सामुदायिक सिकाइ केन्द्रले स्थानीयस्तरमा शैक्षिक…

