पटक–पटक ताकेता गर्दा पनि बनेन भवन, पाँच वर्षमा ३० प्रतिशत मात्रै काम
गैंडहवा न्युजलुम्बिनी, असोज २० गते । भूमि प्रशासन कार्यालय बुटवलको नयाँ भवन निर्माण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण कार्य करिब ३० प्रतिशत मात्रै पूरा भएको छ। पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माण कम्पनीले कामलाई गति नदिएपछि भवन निर्माणको ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको छ।बुटवल उपमहानगरपालिका–१३ पाखापानीमा निर्माणाधीन उक्त भवनको ठेक्का…

