लुम्बिनी बचाउ महाअभियानको बैठक सम्पन्न, विकास कोषका गतिविधि पारदर्शी बनाउन माग
गैंडहवा न्युज, लुम्बिनी ।कात्तिक १८ गते बुधबार लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँको अध्यक्षतामा लुम्बिनी क्षेत्रका नागरिक समाज, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ।बैठकमा लुम्बिनी विकास कोषमा देखिएका विवाद, उपाध्यक्ष नियुक्ति, सदस्य सचिव तथा परिषद् सदस्यहरूको नियुक्ति प्रक्रियाको पारदर्शिता र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको सञ्चालनका सम्भावना तथा चुनौतीलगायतका…
आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीको प्रतिक्रिया ‘अन्यायपूर्ण निर्णयविरुद्ध कानुनी लडाइँमा जान्छु’
गैंडहवा न्युज ,काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारले आफूलाई पदबाट हटाउने निर्णय गरेपछि त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्।सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले न्यायका लागि सर्वोच्च अदालत जाने तयारी गरेका छन्। कार्कीनिकट स्रोतका अनुसार उनले सरकारको निर्णयलाई अन्यायपूर्ण र पूर्वाग्रही भन्दै कानुनी उपचार खोज्ने निष्कर्ष निकालेका हुन्।‘यो सरकारले पहिलेदेखि नै मलाई…
निडर प्रहरी अधिकारी डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ आईजीपी
शक्तिशाली राजनीतिक अनुहारहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउने निडर प्रहरी अधिकारी डा. मनोज केसी अब नेपाल प्रहरीको ३४औँ महानिरीक्षक (आईजीपी) बनेका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझी तथा बेचन झासम्मलाई पक्राउ गर्ने प्रक्रियामा उनको टोलीले महत्वपूर्ण भूमिका खेलेको थियो।राजनीतिक दबाब र पटक–पटकको सरुवाका बाबजुद अनुसन्धानमा दृढ रहन सक्ने अधिकारीका रूपमा परिचित…
जन जागृती माध्यमिक विद्यालयलाई ४२ सेट फाइबर डेस्क–बेन्च सहयोग
गैंडहवा, रुपन्देही ।कार्तिक १८ गते श्री जन जागृती माध्यमिक विद्यालय, गैंडहवा गाउँपालिका–३, गोबडौरी, रुपन्देहीमा गोर्खा वेलफेयर ट्रस्ट नेपाल, बुटवलद्वारा ४२ सेट फाइबर डेस्क–बेन्च सहयोगस्वरूप प्रदान गरिएको छ। उक्त सहयोग हस्तान्तरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।विद्यालयका विद्यार्थीहरूलाई सहज, व्यवस्थित र सुविधायुक्त वातावरणमा पठनपाठन गर्न बस्ने व्यवस्था मिलाउने उद्देश्यले प्रदान गरिएको उक्त सहयोगले विद्यालयको शैक्षिक वातावरण…
विद्युत् संरचनामा धान थ्रेसर फाल्दा जोखिमविद्युत् संरचनामा धान थ्रेसर फाल्दा विद्युत् अवरुद्ध र आगलागीको जोखिम
गैंडहवा न्युजगैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिका–५, सिंहवा गाउँमा धान थ्रेसरबाट निस्किएको पराल तथा अवशेष विद्युत् संरचनामा फालेको पाइएको छ।ट्र्याक्टर नं. लु ४ त ६०१४ बाट धान थ्रेसर गर्ने क्रममा विद्युत् संरचनामा अवशेष फालिएको पाइएको हो। यसरी लापरबाहीपूर्वक पराल तथा अन्य अवशेष फाल्दा विद्युत् लाइन अवरुद्ध हुनुका साथै आगलागीसमेत हुन सक्ने जोखिम रहेको छ।सम्बन्धित निकायले यस्ता…
कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण
गैंडहवा न्युजलुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनज्यूको पहलमा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ।विद्यार्थीहरूको शैक्षिक उपलब्धिको सम्मान तथा थप प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको हो।पुरस्कार प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयहरूको विवरण यसप्रकार रहेको छ । प्रथम स्थान: कर्महवा माध्यमिक विद्यालय…
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ मा निःशुल्क आँखा शिविर सम्पन्न
गैंडहवा न्युजलुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ को आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।कात्तिक १७ गते आयोजित उक्त शिविर लुम्बिनी साथी सञ्जालको समन्वय तथा बुटवल लायन्स आँखा अस्पताल र सुनगाभा सामुदायिक विकास केन्द्र, कञ्चन–४, रुद्रपुरको सहयोगमा सम्पन्न भएको हो।शिविरमार्फत स्थानीय नागरिकलाई निःशुल्क आँखा परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो।स्थानीय नागरिकको…
युवासँग प्रहरी कार्यक्रम–२०८३ अन्तर्गत अन्तरक्रिया सम्पन्न
गैंडहवा न्युजजाजरकोट / प्रहरी कार्यालय जाजरकोटको आयोजना तथा सूर्यकिरण युवा विकास केन्द्र, जाजरकोटको सहकार्यमा ‘युवासँग प्रहरी कार्यक्रम–२०८३’ अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कात्तिक १६ गते बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय जाजरकोटको सभाकक्षमा आयोजित कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी निरीक्षक राजेश शाहीले युवाहरूका विचार, समस्या, सुझाव तथा अपेक्षाहरू सुन्नुभएको थियो।कार्यक्रममा लागूऔषध दुर्व्यसन, अनलाइन ठगी, साइबर…
गैडहवा गाउँपालिकाद्वारा दुई मन्दिरलाई एम्लीफायर माइक हस्तान्तरण
गैंडहवा न्युजरुपन्देहीको गैडहवा गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सहज बनाउन दुई वटा मन्दिरलाई एम्लीफायर माइक सेट हस्तान्तरण गरेको छ।गाउँपालिकाद्वारा श्री शिव मन्दिर, गैडहवा–४, पोहवा र श्री दुर्गा मन्दिर, गैडहवा–७, बर्गदहियाका समितिका पदाधिकारीलाई पूजा तथा भजनकीर्तन प्रयोजनका लागि एक–एक सेट एम्लीफायर माइक हस्तान्तरण गरिएको हो।मन्दिरमा हुने नियमित पूजा, भजनकीर्तन तथा धार्मिक कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी…
खातुन हत्या प्रकरणमा प्रहरीको सफलता, चार जना पक्राउ
गैंडहवा न्युजलुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ की ४२ वर्षीया जुबेदा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। धानखेतमा मृत अवस्थामा फेला परेकी खातुनको घटनाबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएपछि घटनाले नयाँ मोड लिएको छ।गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–७ स्थित धानखेतमा खातुनको शव फेला परेको थियो। शव…

